एमाले स्थायी समिति बैठकको निष्कर्ष– ‘वैशाख ९ को एकता नधकेलौं’

सोमबार, ०३ बैशाख २०७५, २१ : ३४
      शब्द  
126 पटक पढिएको

काठमाडौँ । एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । एकता प्रक्रियामा संशय उत्पन हुन थालेपछि त्यसको समीक्षा गर्न सोमबार बोलाइएको एमाले स्थायी समितिको आकस्मीक बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने धारणा बनाएको छ ।

त्यसका लागि मंगलबार हुने बाम एकता संयोजन समितिको बैठकमा एकता टुंग्याईहाल्ने कोणबाट छलफल गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन्। ‘एकता छिट्टै गर्नुपर्छ भन्ने हाम्रो बैठकको जोड छ त्यसका लागि वाम एकता संयोजन समितिको बैठकलाई फलदायी बनाउने गरी छलफल गर्ने भन्ने छ,’ स्थायी समिति बैठकपछि एमाले सचिव भीम आचार्यले भने।

स्थायी समिति बैठक अघि सोमबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा छलफल भएको थियो। उक्त छलफलमा एकताका विवादित बिषयहरुलाई आ–आफ्नो पार्टीमा लछफल गरी मंगलबार संयोजन समितिको बैठक बस्ने तय भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्