पूर्ण खोप सुनिश्चित जिल्ला बन्यो सोलुखुम्बु

सोमबार, ०३ बैशाख २०७५, १५ : ५०
      शब्द  
112 पटक पढिएको

सोलुखुम्बु । सोलुखुम्बु ४२ औँ पुर्ण खोप सुनिश्चित जिल्ला बनेको छ । जिल्लाभरका सवै बालबालीकालाई पुर्ण खोप सुनिश्चीत गरीएसँगै जिल्लालाई नै पुर्ण खोप सुनिश्चीत घोषणा  गरीएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले पुर्ण खोपको अभियानमा १ हजार ९ सय २४ जना बालबालिकाहरुलाई खोप दिएको जानकारी गराएको छ । आर्थिक बर्ष २०७४ बाट सुरु भएको पुर्ण खोप कार्यक्रम साविकको तिङला गाविसबाट सुरु भएको थियो ।


जिल्लालाई आईतबार हिजो औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बु जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो । सदरमुुकाम सल्लेरीमा आयोजना गरीएको कार्यक्रममा सोलुखुम्बुबाट प्रतिनिधि सभाका सदस्य हेमकुमार राई सुरविरले सोलुखुम्बुलाई पुर्ण खोप सनिश्चिता भएको घोषणा गरे । पुर्ण खोप सुनिश्चीत घोषणा गर्दै राईले भने, ‘जिल्लाको विकासको सुचकको रुपमा पुर्ण खोप युक्त जिल्ला बनेकोमा खुसी लागेको छ, अब जिल्लाको शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो तर्फबाट गर्ने काम जारी छ ।’ स्थानीय वडा तहबाट सुरु भएको कार्यक्रम जिल्ला तहसम्म आइपुगेको र त्यसलाई मन्त्रालयको कडा निगरानीबाट पास गरेपछि जिल्ला पुर्ण खोप युक्त बनेको जिल्ला स्वास्थ्य प्रमुख तथा खोप समन्वय समितिका सदस्य सचिब डा. मिङमार छिरीङ शेर्पाले बताए ।  


सोलुखुम्बुु प्रदेश सभा ख का सांसद एवं प्रदेश नं १ नेकपा एमालेका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले नयाँ बर्षको सुरुवात सोलुखुम्बुमा राम्रो कामबाट भएको भन्दै संघियता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षिय रुपमा काम गर्न सबैलाई आव्हान गरे । प्रदेश सांसद राजभण्डारीले भने, ‘दुर्गममा सेवा गर्ने कर्मचारीलाई सेवा सुविधा थप गर्ने गरी व्यवस्था गर्ने सम्वन्धमा छलफल अघि बढेको जानकारी दिए । जीवन विमाको कार्यक्रम लागु भईरहेको जिल्लामा अधिकतम ५० हजारको स्वास्थ्य सेवा प्राप्त गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी १ लाख सम्मको सेवा पाउने गरी बढाउन पनि आफुले पहल गरिरहेको छु ।’ सोलु–दुधकुण्ड नगरपालीकाका मेयर नाम्गेल जाङबु शेर्पाले जिल्लाका शिशु तथा बालबालिकाहरु खोपबाट छुट्न नहुनेमा जोड दिए । उनले भने, यसलाई दिगो रुप दिन आवस्यक छ ।’   

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस