आफ्नै प्रेमीबाट यसरी भयो पूर्णिमाको हत्या

सोमबार, ०३ बैशाख २०७५, १५ : १८
      शब्द  
38 पटक पढिएको

काठमाडौं । टोखा नगरपालिका ७ स्थित धापासी हाइट जाने करिडोरमा मृत भेटिएकि महिलाको हत्या अभियोगमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरेको छ। आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोरमा गोरखा घर भएकि पूर्णिमा बिक टाउकोमा चोट लागेको अवस्थामा भेटिएकि थिइन्। मिस्त्री काम गर्ने बिक श्रीमानले छोडेपछि पर्सा ठोरी घर भएका विजय तामाङसँग बस्दै आएकि थिइन् ।

प्रहरीका अनुसार उनीहरु विगत सात महिनादेखि सँगै बस्दै आएका थिए। प्रहरीका अनुसार पहिलो पटक हात्ति गौंडामा भेट भएपछि उनीहरु नजिकिएका थिए । बिकले रक्सी खाने, कोठामा नआउने गरेपछि आफु आक्रोसित भएको तामाङले प्रहरीलाई बयान दिएका छन् । प्रेमिकाले आफ्नो भन्दा धेरै रक्सी पिउने गरेको उनले बताएका छन्। आइतबार कोठामा जान नमानेपछि ढुंगाले हानेको उनले स्वीकार गरेका छन् ।

ढुंगाले हानेपछि कोठामा आएका तामाङ पछि फेरि किन आएन भनेर उनलाई लिन गएको तर त्यहाँ प्रहरी भएपछि फर्केर आएको बयान दिएका छन्। उनले उक्त समयमा रक्सी पिएको बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस