‘लिलिबिली’ र नायक प्रदीपको क्रेज यस्तो उर्लिदो, गर्यो करोडौँको व्यापार

सोमबार, ०३ बैशाख २०७५, १४ : २९
      शब्द  
146 पटक पढिएको

काठमाडौं । नयाँ वर्ष २०७५ लाई युवा स्टार प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ले भव्य स्वागत गरेको छ। प्रदर्शनको पहिलो दिन औषत रहेको फिल्मको व्यापार शनिवार अर्थात १ गते आक्रामक रह्यो । देशभरका अधिकांश सिंगल तथा मल्टिप्लेक्स हाउसफुल रहे ।  हल–हलमा प्रदीपको क्रेजका कारण दर्शकको भीड ओर्लिएको थियो । शनिवार टिकट नपाएर दर्शक घर समेत फर्किन बाध्य भएका थिए । गीत संगीत र प्रदीपको क्रेजका कारण फिल्मले दुई दिनमा मोटो रकम हात पारेको छ ।

निर्माता तथा काठमाडौं भ्यालीका वितरक समेत रहेका गोविन्द शाहीका अनुसार, फिल्मले दुई दिनमा २ करोड ग्रस आम्दानी गरेको छ । पहिलो दिन ८२ लाख कमाएको फिल्मले दोस्रो दिन गत शनिवार १ करोड ३६ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ उठायो ।

दुई दिनको हिसाब प्लस गर्ने हो भने ‘लिलिबिली’ ले २ करोड १८ लाख ८३ हजार ९ सय ५६ रुपैयाँको विजनेश गरेको छ । निर्माता शाही प्रायः आफूले वितरण गरेको फिल्मको कलेक्सन बढाएर मिडियामा दिने गर्दछन् । यो कलेक्सन रिपोर्टमा कति सत्यता छ त्यो उनी स्वंम जान्दछन् ।

तेस्रो दिन आइतवार अर्थात हिजो पनि फिल्म हेर्ने दर्शकको संख्या सुखद छ । वितरक शाही भन्छन्, हाम्रो मिहिनेतलाई दर्शकले रुचाइदिनुभयो त्यही नै हाम्रो सफलता हो । अभिनेता प्रदीप प्रेमगीत २ु पछि पुनः दर्शकको साथले उत्साहित भएको सुनाउँछन् । शनिवार उनी राजधानीका अधिकांश हल-हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए ।

फिल्मले दुई दिनमा २ करोड ग्रस कमाउन सफल हुनु प्रदीपकै क्रेजका कारण सम्भव भएको हो । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् । फिल्म हेरेका दर्शकले राम्रो बोलेका छन् । प्रदीपसँगै नव(अभिनेत्री जसिता गुरुङको अभिनयलाई दर्शकले खुब रुचाएका छन् ।

फिल्मको वर्ड अफ माउथले आइतवारबाट सिनेमा हलहरुमा दर्शकको चाप विस्तारै बढ्दै जाने निर्माण पक्षको विश्वास छ । मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस