वेल्जियममा यसरी मनाईयो नेपाली नयाँ बर्ष

सोमबार, ०३ बैशाख २०७५, १४ : ०४
      शब्द  
157 पटक पढिएको

लुभेन । भुगोल टाढा भएर के भो र मनमा नेपाल भएपछि जति नै टाढा गएपनि नेपालीपन झल्किहाल्छ । राष्टियताको ठूला भाषण गरिरहनु भन्दा मनमै राष्ट्र राखेर अगाडि वढ्नु महत्वपूर्ण र महान् राष्ट्रवाद हो । बेल्जीयममा रहेका नेपालीहरुले त्यही राष्ट्रवाद प्रदर्शन गरेका छन् ।

बेल्जीयममा नेपाली नयाँ वर्षको अवसरमा भव्य कार्यक्रम गरी उनीहरुले नेपाली राष्टवाद मात्रै प्रस्तुत गरेका छैनन नेपाललाई विश्वभर चिनाउन ठूलो प्रयत्न गरेका छन् । नेपाली दुतावासको संरक्षकत्व र एनआएएनए वेल्जियमको आयोजनामा ११ औं नेपाल फेस्टिभल तथा नेपाली नयां वर्ष २०७५ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल वेल्जियमवीच भातृत्वको विकास, वेल्जियन नागरिकहरुलाई पर्यटकको रुपमा नेपाल पठाइ नेपालमा पर्यटन प्रवद्र्धन गर्न सहयोग मिलोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष नेपाल मेला आयोजना गर्ने गरिन्छ ।

महोत्सवमा नेपाली सामान र नेपाली परिकारका स्टलहरु दिनभरी अत्यन्तै व्यस्त थिए । सैयौं नेपाली तथा वेल्जियन नागरिकहरु नेपाली खाना खान र सामान किन्न लामो लाइनमा उभिएका देखिन्थे । वेनेलक्सका लागि नेपाली राजदुत लोकवहादुृर थापाको प्रमुख आतिथ्य र एनआरएन वेल्जियमका केन्द्रिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

वेल्जियमका विभिन्न राजनैतिक दलका नेता तथा नेतृहरुले वेल्जियममा नेपाली समुदायले खेलेको सकरात्मक भुमिकाको खुलेर प्रसंसा गरेका थिए । उक्त अवसरमा राजदुत थापाले नेपाल प्राकृतिक रुपमा अति सुन्दर,सांस्कृतिक रुपमा विविधता भएको देशको भ्रमण एक पटक गरेर मात्र पुग्दैन,र तपाइंले मात्र गरेर पनि पुग्दैन,पटक पटक गर्नुस र तपाइका परिवार साथी,चिनजानका सवैलाइै नेपाल जान प्रेरित गर्नुस भन्नु भएको थियो ।

अध्यक्ष लोक दाहालले वेल्जियम सरकार, संघसंस्था तथा सामाजिक व्यक्तिहरुले वेल्जियममा नेपालीहरुलाई स्थापित गर्न र नेपालमा पर्यटन प्रवर्धन तथा मानविय कार्यमा ठुलो सहयोग पुरयाएको प्रशंसा गरे ।

एनआरएनका केन्द्रिय उपाध्यक्ष द्धय कुल आचार्य र सपिला राजभन्डारी, केन्द्रिय सचिव जानकी गुरुङ्ग, यृुरोप संयोजक शिव कुमार वरुवालको उपस्थिती रहेको कार्यक्रममा माहासचिव आड माया लामाले स्वागत गर्दै कार्यक्रम संचालनको लागि नीशा गुरूङ लाई अनुमति दिएकी थिईन् ।

संचालिका नीशा गुरूङले डच भाषामा कार्यक्रम संचालन गरेर नेपालबारे विदेशीलाई जानकारी गराएकी थिईन् । उपस्थित सम्पुर्णलाई एनआरएन वेल्जियमका उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक खड्क केसीले स्वागत गरेका थिए। वेल्जियम स्थित सम्पुण नेपली संघ संस्थाहरु सह आयोजक रहेको उक्त कार्यक्रममा विविध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रम भव्यताका साथ सम्पन्न पार्न रातदिन खटेका भएका संघका उपाध्यक्ष खडक केसीको उच्च सम्मान गर्दै तथा कार्यक्रममा सहयोगी भुमिका निर्वाह गरेका बेल्जियम स्थित सम्पूर्ण संघ संस्थालाई ग़ैर आवासीय नेपाली संघ बेल्जियमले हार्दिक धन्यवाद दिएको छ ।

अध्यक्ष लोक दाहालले कार्यक्रम अत्यन्त सानदार ढंगले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्