ओली र प्रचण्डबिचको बैठक सकियो, भयो यस्तो सहमति

सोमबार, ०३ बैशाख २०७५, १३ : ४५
      शब्द  
691 पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘वान टू वान’ वार्ता सकिएको छ। पार्टी एकताका बारेमा असमझदारी बढेपछि आज दुई नेताबिच २ घण्टा लामो छलफल भएको हो।  

सोमबार प्रचण्ड सिकुटेबाट सिधै प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। त्यहाँ ओली र प्रचण्डका बीच दुई घण्टा लामो एक्ला एक्लै वार्ता भएको थियो। ओली र प्रचण्डको वार्ता भर्खरै टुंगिएको छ। दुई नेताबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ।

मंगलबार बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको हो। पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई एकताका क्रममा आधा हिस्सा दावी गर्न पार्टी भित्रैबाट दबाब बढेको छ। साथै जनयुद्ध, माओवाद र जबजको व्यवस्थापनका विषयमा पनि दुई पार्टीबीच सहमति जुटेको छैन।

एकतापछिको पार्टीको नाम, झण्डा तथा चुनाव चिह्न लगायतका विषयमा समेत सहमति कायम हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सिफारिस