नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

सोमबार, ०३ बैशाख २०७५, ११ : ४२
      शब्द  
24 पटक पढिएको

काठमाडौं । नेपाल–भारत संयुक्त ऊर्जा सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आज शुरु हुँदैछ । बैठकमा अन्तरदेशीय प्रसारण लाईन, इनर्जी बैकिङ र विद्युत व्यापार सम्झौताको बिषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा थाँती रहेका यी बिषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपाली पक्षले ४ सय केभीए क्षमताको बुटवल–गोरखपुर प्रसारण लाईनको माग प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । बैठकमा इनर्जी बैकिङको अवधारणमा समेत नेपाली पक्षले छलफल गर्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस्
सिफारिस