इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

सोमबार, ०३ बैशाख २०७५, १० : ३७
      शब्द  
80 पटक पढिएको

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । गएराती भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले पराजित गरेपछि म्यान्चेस्टर सिटीले ५ खेल बाँकी छँदै उपाधि जितेको हो ।

म्यान्चेस्टर युनाईटेड विरुद्ध वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले ७३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । लिगका ३३ खेलबाट म्यान्चेस्टर सिटीले ८७ अंक जोडेको छ ।

समान खेलबाट ७१ अंक जोडेको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १६ अंकले पछि छ ।म्यान सिटीको यो उपाधि पछिल्लो सात सिजनमा तेस्रो लिग उपाधि हो भने क्लवका लागि अहिलेसम्मको पाँचौ उपाधि हो ।

 

प्रतिक्रिया दिनुहोस्