रोनाल्डोका ७ वर्षीय छोराले पाए सर्वाधिक गोलकर्ताको ट्रफी, पिताकै पथमा लम्कदैं

आइतबार, ०२ बैशाख २०७५, १० : १२
      शब्द  
178 पटक पढिएको

पोर्चुगल । स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरा जुनियर रोनाल्डो पनि पिता कै पथमा लम्किन थालेका छन् । जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् ।

उनलाई शनिबार सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ । सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ ।

छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् । रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस