घरेलु लिग फुटबलमा बार्सिलोनाको नयाँ कीर्तिमान

आइतबार, ०२ बैशाख २०७५, १० : ००
      शब्द  
85 पटक पढिएको

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ ।गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वा्धिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको हो ।

यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो ।गएरातिको खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र सामुएल उम्टिटीले एक÷एक गोल गरे जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको छ ।

लिगमा ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ ।६५ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहँदा चौथो स्थानको रियाल मड्रिडको ६४ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस