राजेश हमालले नँया वर्ष कसरी मनाउदैछन् ?

शुक्रबार, ३० चैत २०७४, १२ : ४०
      शब्द  
152 पटक पढिएको

काठमाडौ । नेपाली चलचित्र जगतका महान हस्तिका रुपमा लिईने महानायक राजेश हमाल नयाँ वर्षको दिन राजधानीमै हुनेछन् । उनले आफ्नो घरपरिवासँग नयाँ वर्ष मनाउने बताएका छन् । नेपाली चलचित्रका सायदै पर्दा बाहेकमा उनको अभिनय देख्न पाईने स्थिति पातलो बन्दै गएको उनका समर्थकहरुले बोल्न थालेका छन् । केही क्रान्तिकारी लेखक र चलचित्रमा परिर्वतन, जन पक्षिय दृश्य र जागरका कथा हुनुपर्छ भन्नेहरुले उनलाई स्वीकार गरेको पाईदैन ।

केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रममा हमाललाई समावेश गरेका थिए । भारतीय चलचित्रको छायांकनको लागि हमालले भारतीय चलचित्र कर्मीसँग कुरा गर्ने भनेर हल्ला गरिएपनि उक्त भ्रमणमा उनी ‘शो पिस’ मात्रै बनेको कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्