अनमोल र भुवनबिच बोलचाल बन्द, अनमोलले लगाए यस्तो आरोप

बिहिबार, २९ चैत २०७४, १४ : १४
      शब्द  
224 पटक पढिएको

काठमाडौं। चलचित ‘कृ’ को गितबाट नायक भुवन केसी विवादमा छन् । सदावहार नायक भुवन केसी पछिल्लो समय विवादमा छन् । उनले निर्माण गरेको चलचित ‘कृ’ ले गीत चोरेपछि केसी विवादमा आएका थिए । ‘कृ’ फिल्मको गीत चोरीको विवाद अन्ततः प्रहरीसमक्ष पुगेको थियो । फिल्म निर्माता सुवास गिरीलाई प्रहरीले हिरासतमा लिएको थियो । गिरीलाई २४ घण्टाको लागी प्रहरीले हिरासतमा लिएको थियो ।

निर्माता तथा निर्देशक शम्भू प्रधानको पुरानो फिल्म ‘सम्झना’मा समावेश उकालीमा अघि अघि‘’ बोलको गीत अनुमति बीना ‘कृ’ फिल्ममा समावेश गरिएपछि निर्माता प्रधानले प्रतिलिपी उल्लंघनको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि पनि ‘कृ’ निर्माता गिरी र अर्का निर्माता भुवन केसीले आफुहरुले कसैको सृजना चोरी नगरेको दाबी सहित छलफलमा समेत बस्न नमानेको प्रधानले आरोप लगाएका थिए ।

स्रोतले दिएको जानकारी अनुसार अहिले भुवनसँग उनका स्टार युवा नायक अनमोल केसी पनि रुष्ट छन् । उनले बाउको कारण आफू बदनाममा परेको गुनासो आफू निकटहरुसँग गर्न थालेका छन् । त्यस्तै उनले बाउले गर्दा आफ्नो स्टारडममा असर परिरहेको कुरा आमा सुष्मिता केसीसँग समेत गुनासो गरेका छन् । अहिले भुवनका बाउ छोराबीच बोलचाल नै बन्द भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस