‘गाऊँले भनेका भिखारी हुन्’ हेडलाइनप्रति अनमोलको आपत्ति

बिहिबार, २९ चैत २०७४, ११ : १९
      शब्द  
75 पटक पढिएको

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका युवा स्टार नायक हुन् अनमोल केसी । युवा स्टार अनमोल केसी लाई लिएर मिडियामा विभिन्न किसिमका समाचार आउँछन्, ट्रोल बन्छन् । तर त्यति धेरै चासो दिएको पाईन्दैन ।

बुधबार केही अनलाईन मिडियामा ‘अनमोलले गाऊँले भनेका भिकारी हुन्’ भन्ने समाचारप्रति अनमोले आपति जनाउनु भएको छ । नायक अनमोल केसीले आफ्नो चरित्र हत्या नगरिदिनुहुन भन्दै सबैमा अनुरोध गरेका छन्।

केहि अनलाइन मिडियामा अनमोलको बिषयमा भ्रामक समाचार प्रकाशन भएपछि उनले फेसबुकमा स्टाटस नै लेख्दै यस्तो अनुरोध गरेका हुन् । केहि अनलाइनमा ‘अनमोलले गाउँले भनेका भिकारी हुन्’ भनेको भन्दै भ्रामक समाचार प्रकाशन भएपछि अनमोलले स्टाटस लेख्नु भएको हो ।

अनमोलले भन्नु भयो ‘म आफै पनि अचम्मित छु । म संसारका हरेक मानिसले सुख पाउन् भनेर काम गर्छु । तर, बोल्दै नबोलेका कुरालाई लिएर खबर आउँदा दुख लाग्ने रहेछ ।’

नम्र स्वभावका अनमोलले आफूले सबैलाई सम्मान गर्ने समेत स्पष्ट पारेका छन् । साथै समाचार विकाउने उद्देश्यले यस्ता भ्रामक समाचार लेखेर कसैको चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस