इक्यानको नयाँ नेतृत्वका लागि पाण्डे समूहको घोषणा

बिहिबार, २९ चैत २०७४, ०९ : ०४
      शब्द  
333 पटक पढिएको

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी कार्यसमितिका लागि विष्णहरि पाण्डे समूहको उम्मेदवारी घोषणा गरिएको छ । बानेश्वरस्थीत अल्फाविटाको भरिभराउ हलमा बुधबार अध्यक्षमा पाण्डेको नेतृत्वमा १८ सदस्यीय उम्मेद्वार घोषणा गरेको हो । उम्मेदवारी घोषणा कार्यक्रममा इक्यानका पुर्वअध्यक्ष देखि सल्लाहाकारहरु समेतको उपस्थीतीले पाण्डे समुहलाई भारी समर्थन रहेको देखिएको छ । घोषणा सभा कार्यक्रममा राजधानीका बहुसंख्यक इक्यान सदस्यहरूको उपस्थिति रहेको थियो ।

शैक्षिक परामर्श प्रदायक संस्थाहरूको बृहत छाता सङ्गठन भएको इक्यानको दुई वर्षको नेतृत्वका लागि सवैको ध्यान केन्द्रीत भएको छ । पाण्डेको टिममा वर्तमान कार्यसमितिका सचिव देखि कोषाध्यक्ष र सदस्यहरू समेत उम्मेद्वारको रुपमा रहेका कारण पनि यो समुह विजयीको नजिक रहेको प्यानलको रुपमा देखिएको हो । भरपर्दाे उम्मेद्वारहरु चयन गर्ने क्रममा उपाध्यक्षत्रयमा वर्तमान कार्य समितिका प्रथम सचिव तथा इडियू कन्सल्टेन्सीका देवीदास भट्टराई, वर्तमान कोषाध्यक्ष एवं फास्ट ट्रयाक एजुकेशनका खड्ग ताम्लिङ लिम्बु र एनआईईसी कन्सल्टेन्सीकी सपना राजभण्डारीको उम्मेद्वारी छ ।

त्यस्तै महासचिव पदका लागि अर्बिट इन्टरनेसनलका शेषराज भट्टराई उम्मेदवारी बनेका छन् । सचिव पदमा पहिलो पटक मोफसलबाट लिंकयुएस चितवनका श्यामबहादुर कँडेल (सोम) र इन्लाइटन इन्टरनेशनलका दीपकराज भुसालको उम्मेदवारी घोषणा गरिएको छ । कंडेल र भुसाल हालको कार्य समितिमा सदस्य छन् । कोषाध्यक्ष पदका लागि ब्रोडवेज ओभरसिज एजुकेशनका गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा पिसफुल एजुकेशनकी निरुपमा महर्जन रहेका छन् । वर्तमान कार्य समितिमा सदस्य रहेका उनीहरुले पाण्डे समुहमा कार्यसमितिलाई हाक्ने कुशल व्यक्तित्वहरु रहेकाले जित सुनिश्चीत रहेको बताएका छन् ।

कार्य समितिका ९ सदस्य पदका लागि चिवा एजुकेशनका प्रकाश श्रेष्ठ, मिसन डक्टरका पुष्पराज भट्टराई, नमस्ते एजुकेशन पोखराका कर्णबहादुर गुरुङ, प्रञ्जल एजुकेशन ललितपुरका वासुदेव दाहाल, सेन्ट्रल कलेजका यज्ञविलास पौडेल (वाइबी), कान्तिपुर एजुकेशनका बालकृष्ण श्रेष्ठ (वि.के), हाडफोर्ड इन्फोकेटका महेश श्रेष्ठ, इण्डोग्लोवल फाउण्डेशनका सुदन चौहान र प्यासिफिक एजुकेशनका शुष्मा आचार्यले उम्मेदवारी दिएका छन् । यी मध्ये  प्रकाश श्रेष्ठ र पुष्पराज भट्टराई बर्तमान कार्य समिति सदस्य हुन् । ३ जना महिलालाई अगाडी सारेर घोषणा गरेको कार्य समितिमा अनुभव र दक्ष्यतालाई मध्यनजर गर्दै सबै वर्ग, उमेर समूह , भुगोल र जातीलाई समेत समाबेश गरिएको महासचिवका उम्मेद्वार अर्बिट इन्टरनेसनलका शेषराज भट्टराईले बताए ।

करिब ६ महिनादेखि नै इक्यानको निर्वाचनका लागि लविङ गर्दै आएका विष्णुहरि पाण्डेले दुई वर्षको कार्यकालमा आफू पेशागत हक अधिकार संस्थागत गर्न तथा शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक दक्षता र क्षमता अभिबृद्धि गर्दै सुरक्षित, मर्यादित बनाउन लागि पर्ने बताए । उनले २६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै इक्यानले बेहोर्दै आएका समस्याहरुको समाधान गर्न आफु सक्षम रहेको र त्यसका लागि स्पष्ट योजना रहेको बताएका छन् । आफुलाई साथ दिन पयनलमा रहेका सवै उममेद्वाहरु विजयी हुन आवश्यक रहेको पनि बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार पाण्डेले आफुहरुको समुहमा अनुभवी, कार्यदक्षता, समन्वयकारी क्षमता भएका व्यक्तिहरु उम्मेद्वार रहेको प्रष्ट पारेका थिए । सहमतिबाटै कार्यसमिति चयन गर्ने पक्षमा रहे पनि अर्काे समुह प्यानल नै बनाएर अघि बढेपछि आफुहरु पनि प्यानल बनाउन बाध्य भएको भट्टराईको दावी छ ।

कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष राजेन्द्र वराल, पुर्व अध्यक्ष दिपक गुरुङ, इक्यानको पुर्व बरिष्ठ उपाध्यक्ष बुद्धिप्रसाद रेग्मी, सल्लाहाकार समितिका सभापति अणरु लामिछाने, सभापति अणरु लामिछाने, इक्यानका सल्लाहाकार राजु डल्लाकोटी लगायतले आफुहरु सक्षम नेतृत्वको खोजीमा रहेको भन्दै पाण्डे समुहमा देखिएका उम्मेद्वारहरुको अनुहारले आशा जगाएको टिप्पणी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस