स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन सुरु

बुधबार, २८ चैत २०७४, १२ : २९
      शब्द  
27 पटक पढिएको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन  आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले उदघाटन गरेकी हुन् ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८ औं स्थापना दिवसको अवसर पारेर सम्मेलनको आयोजना गरीएको हो । सम्मेलनमा देशभरका १ हजार भन्दाबढि स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरु सहभागी हुनेछन् । नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गरिएको हो ।  सम्मेलन २ दिनसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सिफारिस