नाडाको अध्यक्षमा शम्भु दाहाल प्यानलसहित निर्वाचित

मङ्गलबार, २७ चैत २०७४, ०८ : १९
      शब्द  
160 पटक पढिएको

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । नाडाको सोमबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन् ।

दाहालका प्रतिस्पर्धी राम कँडेल थिए । दाहालले ६ सय ६० मत पाए भने कँडेलले ६८ मत पाए । यसअघि नाडाका उपाध्यक्ष रहेका दाहाल सिप्रदी ट्रेडिङका निर्देशक हुन् ।

नाडाको सदस्यमा सबै दाहाल पक्षका निर्वाचित भएका छन् । नाडाको १४ सदस्य पदमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र निलमणि पाठक निर्वाचित भएका छन् ।

नाडाका नवनिर्वाचित अध्यक्ष दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिवद्ध हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस