बेपत्ता डंगोल मारिएको भन्ने खबर उनकै फेसबुकबाट सार्वजनिक !

सोमबार, २६ चैत २०७४, १२ : ४३
      शब्द  
172 पटक पढिएको

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक मारिएको भन्ने स्टाटस उनकै फेसबुकमा पोष्ट भएको छ। तस्विरसहित फेसबुकबाट घटना सार्वजनिक भएपछि आफन्तले सोमबार रसुवा बन्द गराएका छन् ।

बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् । ११ दिनदेखि बेपत्ता भएका विद्यालयका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोष्ट गरिएको छ । बेपत्ता भएका डंगोलको फेसबुकमा कसले यस्तो स्टाटस राख्यो र उनको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन ।

उनी मारिएको भनेर स्टाटस पोष्ट भएपछि परिवार तथा आफन्त त्रसित बनेका छन् । चैत १८ गते प्रहरीलाई उजुरी दिएको भए पनि प्रभावकारी रुपमा नखोजेको, मारिएको भनेर फोटो सहित फेसबुकमा स्टाटस आउँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै उनीहरुले रसुवा बन्द गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस