प्रधानमन्त्रीको भ्रमण टोलीमा एनआरएनएको सहभागिता लाखौ एनआरएनएको उच्च सम्मान : उपाध्यक्ष आचार्य

आइतबार, २५ चैत २०७४, २२ : ३६
      शब्द  
563 पटक पढिएको

काठमाण्डौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा एनआरएनएलाई सहभागि गराइनु स्वागतयोग्य कार्य भएको बताएका छन् । छलफल डटकमसँग कुरा गर्दै उपाध्यक्ष आचार्यले सरकारले पहिलो पटक लाखौ गैह्र आवासीय नेपालीलाई समान रुपमा समेटेको समेत बताए । 

सरकारको यो कार्यले विदेशमा रहेका लाखौ नेपालीको शिर उच्च भएको उनको भनाई थियो । आर्थिक संवृद्धिमा विश्वमा रहेका नेपालीको पनि सहकार्य आवश्यक छ भन्ने सन्देश दिएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीको भारत भ्रमण समग्रमा उपलव्धीमुलक भएको समेत आचार्यले बताए ।

आर्थिक मुद्धामा भ्रमण निकै सकारात्मक भएको आचार्यको टिप्पणी थियो । एनआरएनएको नेतृत्व गर्दै संघका अध्यक्ष भवन भट् प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा सहभागि भएका थिए । उच्चस्तरिय भ्रमणमा सरकारले एनआरएनएलाई पहिलो पटक सहभागि गराएको हो ।

प्रतिक्रिया दिनुहोस्