चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गरिन्छः मुख्यमन्त्री पौडेल

शुक्रबार, २३ चैत २०७४, १५ : ४७
      शब्द  
212 पटक पढिएको

चितवन  । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताएका छन् ।उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उनले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।

चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्रबाहेक अन्यत्र पनि औद्योगिक क्षेत्रको आवश्यकता रहेको बताए । भूगोल र आवश्यकताअनुसार औद्योगिक क्षेत्र निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

मुलुकलाई कसरी औद्योगीकरणतर्फ लैजाने भन्ने विषयमा सोच्न जरुरी रहेको उनले बताए । यसका लागि औद्योगिक वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

सोही अवसरमा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगीको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्