अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

बुधबार, ३० फागुन २०७४, ०७ : ४४
      शब्द  
181 पटक पढिएको

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् ।

उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् ।
आजको अन्नपूर्ण पोस्टमा नयाँ दिल्लीबाट आशा थपलियाले यो समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस