राष्ट्रपति चयनका लागि मतदान सकियो, नतिजा आजै आउने

मङ्गलबार, २९ फागुन २०७४, १५ : ३०
      शब्द  
71 पटक पढिएको

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वर जारी राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् ।

प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्«िय जनता पार्टीलगायतको समर्थन रहेकोले वर्तमान राष्ट्रपति भण्डारीको जित निश्चत छ ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस