पलाष्टिकका झोला उत्पादन गर्ने उद्योग बन्द गर्ने लालबाबु पण्डितको तयारी

मङ्गलबार, २९ फागुन २०७४, १२ : ३०
      शब्द  
182 पटक पढिएको

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने बताएका छन् । मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने बताएका हुन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँगको भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस