व्यवसायी सेठियामाथि गोली प्रहार गर्ने भारतीय नागरिक पक्राउ

मङ्गलबार, २९ फागुन २०७४, १२ : ००
      शब्द  
92 पटक पढिएको

रुपन्देही । रुपन्देहीका व्यवसायी हरिस सेठिया (पिण्टु) माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको महाराजगञ्ज कोतवाली नौतनहवाका ४६ वर्षीय रामजान मुसलमानलाई घरेलु कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

भैरहवाको वैङकरोडमा रहेको करणी इन्टरप्राइजेजका सञ्चालक  ३८ वर्षीय सेठिया पसल बन्द गरी स्कुटरमा चढेर घर गइरहेको बेला सिद्धार्थनगर –५,  सेवापथमा सोमबार बेलुका गोली प्रहार भएको थियो ।

सिद्धार्थनगर उद्योग वाणिज्य सघंका नव निर्वाचित कार्यसमिति सदस्यसमेत रहेका सेठियामाथि गोली प्रहार भए पनि उनी सकुसल नै छन् ।

प्रतिक्रिया दिनुहोस्