आगमन एकेडेमीले मनायो बार्षिक उत्सव

आइतबार, २७ फागुन २०७४, ११ : १५
      शब्द  
581 पटक पढिएको

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका ४ मा रहेको आगमन एकेडेमीले विभिद साँस्कृतिक कार्यक्रमसहित बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा तार्केश्वर नगरपालिकाकी उप प्रमुख भवानी डोटेल 'धिताल' उपस्थित थिईन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि डोटेलले महानगरले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गरेको बताईन् । विद्यालयलाई कितावी ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण बिकाश गर्न अतिरिक्त क्रियाकलापमा पनि जोड दिन उनको आग्रह थियो । उनले विद्यार्थीको दैनिक क्रियाकलापमा अभिभावकले पनि चासो दिनुपर्ने बताईन् । पछिल्लो समयमा अधिकांश विद्यार्थीहरु विद्यालय समयभन्दा अन्य समयमा साथीसंगतको माध्यमबाट बिग्रिएको भन्दै अभिभावकले आफ्ना बाल बच्चाहरुको निगरानी राख्नुपर्ने उनको भनाई थियो । मन्तव्यको क्रममा विद्यालयको उत्तरोउत्तर प्रगतिको कामना पनि उनले गरिन् ।

कार्यक्रमका अर्का अतिथि जिल्ला शिक्षा कार्यलयका स्रोत व्याक्ति रामेश्वर पौडेलले आफ्नो अनुगमनको जिम्मामा रहेका तार्केश्वर नगरपालिकाका ८० विद्यालयमध्ये आगमन एकेडेमी उत्कृष्ट पाएको बताए । विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्नमा कुनै कन्जुस्याई नगरेको आफुले पाएको उनले बताए ।

विद्यालयका संस्थापक बाबुराम बिकले  शिक्षा क्षेत्रमा आफ्नो अनुभवलाई यसै क्षेत्रमा सदुपयोग गर्ने उद्देश्यले विद्यालय स्थापना गरिएकोले आफुहरुको मुख्य उद्देश्य नै गुणस्तर शिक्षा प्रदान गर्नु रहेको बताए । विद्यालय भवन भूकम्प प्रतिरोधी र वातावरण मैत्री भएकोले विद्यार्थीहरु त्रासरहित बातावरणमा पढ्न सक्ने भन्दै अभिभावकलाई ढुक्क भएर विद्यार्थीहरु आगमन एकेडेमीको जिम्मामा सुम्पिन आग्रह गरे । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र क्षमता बृद्धि गर्न शिक्षकहरुलाई पनि समय र प्रविधिअनुकुल बिभिन्न तालिम दिईने गरेको उनको भनाई थियो । शिक्षकहरुलाई उच्च मनोवलका साथ अध्यापन गर्ने वातावरण बनाउने उनको प्रतिबद्धता थियो ।

त्यसैगरी विद्यालयका निर्देशक भरत सिंखडाले विद्यालयका भावि योजना तथा कार्यक्रमका बारेमा प्रकाश पारेको थिए । विद्यालयमा बिबिएस सम्म अध्यापन भैरहेको जानकारी दिदै आगामी शौक्षिक शत्रबाट बिसीएको पनि अध्यापन गराउनेगरी प्रस्ताव पेश गरिएको उनको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक नारायण खड्काले आगमन एकेडेमीलाई तार्केश्वरको मात्र नभई नेपालकै उत्कृष्ट विद्यालय बनाउन प्रयत्न गर्ने बताए । विद्यालयका शिक्षक संतोष अधिकारीले विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्ने सवालमा सहयोग पुग्ने हेतुले शिक्षक शिक्षिकालाई समयअनुकुलको तलिम तथा बिज्ञान प्रबिधिबारे प्रशिक्षणहरु भैरहेको जानकारी दिए ।

त्यसैगरी अभिभावकको तर्फबाट शुभकामना मन्तव्य राख्दै सरिता गौतम र दिनेश न्यौपानेले विद्यालयको शौक्षिक गतिबिधिबाट अभिभावक संतुष्ट रहेको प्रतिक्रिया दिए । विद्यालयकी छात्रा सन्ध्या शाहाले यसै विद्यालयमा आफ्नो भविष्य उज्जल देखेको प्रतिक्रिया दिईन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश धिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा प्रमुख तथा विद्यालय संचालक समितिका सदस्य मनिता छत्कुल्लीले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण नारायण श्रेष्ठ, संस्थापक रामश्वर अधिकारी, हर्क प्रसाद जोशी, सरस्वति खतिवडा लगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक दामोदर पौडेलले संचालन गरेको कार्यक्रममा शिक्षिका तथा विद्यार्थीहरुले बिभिद सांगितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्