प्रोफेसनल एजुकेसनले अष्ट्रेलियन फेयर गर्दै

शुक्रबार, २५ फागुन २०७४, १६ : २३
      शब्द  
397 पटक पढिएको

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई विगत २५ वर्षदेखि परामर्श सेवा उपलब्ध गराउँदै आएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

प्रोफेसनल एजुकेसन अष्ट्रेलियन फेयर २०१८ नाम दिइएको यस फेयर यही फागुन २७ गते (मार्च ११) मा काठमाडौंको अन्नपूर्ण होटल तथा फागुन २८ गते ( मार्च १२ मा) पोखराको होटल पोखरा ग्रयाण्डमा आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । यस संस्थाले मेलाको आयोजना गर्न लागेको यो तेश्रो पटक हो ।

संस्थाका प्रवन्ध निर्देशक एस के श्रेष्ठका अनुसार मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण सुचना तथा जानकारी प्रदान गरिनेछ । अहिलेको सन्दर्भमा अष्ट्रेलिया गएपछि नेपाली विद्यार्थीले कुन विषय पढ्दा उपयुक्त हुन्छ, त्यस्ता विषय पढ्न कति शुल्क तिर्नुपर्छ, त्यस्ता विषयको अध्ययन समाप्त भएपछि स्वदेशी तथा विदेशी बजारमा रोजगारीका कस्ता कस्ता सम्भावनाहरु रहनेछन् लगायतका विषयमा जानकारी दिइने उनले बताए ।

मेलामा अष्ट्रलियाका विभिन्न विश्वविद्यालय, कलेज तथा शिक्षा उपलब्ध गराइरहेका अन्य संस्थाका प्रतिनिधी स्वयं उपस्थित हुनेछन् । ‘विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधीबाट नै सत्यतथ्य सुचना लिन पाउने हुनाले मेला निकै उपयोगी हुने विश्वास गरेको छु’ श्रेष्ठले भने ।

संस्थाका कार्यक्रम निर्देशक राजु सिंहका अनुसार मेलामा विद्यार्थीलाई नियमित सुचना दिनुको साथै अन्य सेवा पनि प्रधान गरिनेछ । मेलामा आउनुअघि नै दर्ता गर्ने विद्यार्थीलाई आइएलटीएस तयारी कक्षामा पचास प्रतिशत छुटको व्यवस्था गरिएको पनि सिंहले जानकारी दिए । सिंहले प्रोफेशनल एजेकेशनले २५ बर्षको दौरानमा करिव ५ हजार विद्यार्थीलाई सेवा प्रदान गरिसकेको जानकारी दिए ।

काठमाडौं र पोखरा दुवै शहरमा हुने मेलामा विश्वविद्यालयका प्रतिनिधी सहभागी हुनेछन् । सिंहका अनुसार अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, अष्टे«लियन टेक्निकल एण्ड म्यानेज्मेन्ट कलेज, चिसहोल्म इन्स्टिच्युट, कर्टिन युनिभर्सिटी, डिकिन युनिभर्सिटी, एजुकेसन सेन्टर अफ अष्ट्रेलिया, एडिथ कोवान युनिभर्सिटी, एडुको, ग्रिफफिट युनिभर्सिटी, इन्टरनेशनल कलेज अफ म्यानेज्मेण्ट सिड्नी, ला ट्रोव युनिभर्सिटी, म्याक्वेर युनिभर्सिटी, नभिटास, आर एमआइटी युनिभर्सिटी, सिड्नी सिटी कलेज अफ म्यानेज्मेन्ट, युनिभर्सिटी अफ न्यु इंगल्याण्ड, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, युनिभर्सिटी अफ साउथर्न क्वीन्सलयाण्ड, वेस्टर्न सिड्नी युनिभर्सिटी लगायत सहभागी हुनेछन् ।

कार्यक्रममा प्रोफेसनल एजुकेसनका अष्ट्रेलिया प्रमूख लोकराज सुवेदीले अष्ट्रेलिया गैसकेपछि विद्याथीलाई बसोबासको व्यबस्था र बैंकमा खाता खोल्ने प्रक्रियाको बारेमा समेत निशुल्क परामर्श दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस