श्रीदेवीको अस्तुलाई हरिद्धारमा विसर्जन गरेर फर्किए बोनी कपुर

शुक्रबार, २५ फागुन २०७४, १४ : ५२
      शब्द  
152 पटक पढिएको

काठमाडौं । भारतीय चर्चित अभिनेत्री स्वर्गीय श्रीदेवीको अस्तुलाईको अस्तुलाई हरिद्धावारमा विसर्जन गरेको छ । सोहि क्रममा श्रीदेबिको श्रीमान वोनी कपुर, उनको भाई अनिल कपुर तथा केही आफन्तजन हरिद्धावारमा पुगेका थिए ।  बोनी कपुर र अनिल कपुरले श्रीदेवीको अस्तुलाई विधि र बिधान पुर्वक विसर्जन गरेका थिए ।
 
बोनी कपुर श्रीदेवीको अस्तुलाई विधि र बिधान पुर्वक विसर्जन गर्ने समयमा भावुक हुँदा उनलाई अभिनेता अनिल कपुरले नै सम्हालेका थिए । अनिल कपुर आफ्नो दाईको साहारा बन्दै लगातार उनकै साथमा रहेका थिए ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार शुक्रवार वोनी कपुर लगाएत हरिद्धावार पुगेकाहरु मुम्वई फर्किएका छन् । यद्यपी यस अघि पनि बोनी कपुर आफ्नी छोरीहरु जाहन्वी तथा खुसीलाई लिएर श्रीदेवीको अस्तुलाई लिएर रामेश्वरममा विसर्जन गर्न गएका थिए ।  

श्रीदेवीकी जेठी छोरी जाहन्वी पनि आमाको निधन पश्चात  पीडालाई पछाडी राख्दै आफ्नो पहिलो चलचित्र ‘धडक’ को शुटिंगमा फर्किएकी छिन्।  गत २४ फेब्ररीमा श्रीदेवीको दुवईको एक होटलमा दुखद निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस