ट्रम्पलाई उत्तर कोरियाको निम्तो : किमलाई भेट्न ट्रम्प राजी

शुक्रबार, २५ फागुन २०७४, ०७ : ४९
      शब्द  
167 पटक पढिएको

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताको निम्तो पठाएका छन् । किमको भेटको निम्तो अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेको खबर आएको छ । अमेरिकाको राजधानी वासिङ्नट डिसी पुगेका दक्षिण कोरियाका एक उच्च अधिकारीले यसबारे जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । उनी उत्तर कोरियाको निम्तो पत्र लिएर अमेरिका गएका थिए ।

उत्तर कोरियाका नेता किम परामाणु कार्यक्रम तथा मिसाइल परीक्षण रोक्न तयार रहेको तर त्यसका लागि सुरक्षाको प्रत्याभुति भने हुनु पर्ने बताएको दक्षिण कोरियाले उल्लेख गरेको छ । सन् २०१८ लागेदेखि उत्तर र दक्षिण कोरियाबिचको सम्बन्धमा सुधार आएको छ । विन्टर ओलम्पिकलाई लिएर न्यानो बन्थालेको सम्बन्धले अहिले दुई देशका शीर्ष नेताको भेट गर्ने सहमतिसम्म लगेको छ ।

आउँदो महिना किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच भेटवार्ता हुने पनि तय भएको छ । गएको सोमबार किमले सत्ता सम्हालेदेखि पहिलो पटक उत्तर कोरिया पुगेको दक्षिण कोरियाली टोलीलाई किमले डिनर नै गराए । उनले आफू निकै उत्साहित रहेको र सम्बन्ध सुधार गरेर एकीकरणको नयाँ इतिहास लेख्न चाहेको पनि बताए । उत्तरको निम्तो लिएर ह्वाइट हाउस पुगेका दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इउ–योङ । तस्बिर:रोयटर्स

त्यहि क्रममा ट्रम्पलाई वार्ताको निम्तो उत्तर कोरियाले दक्षिण कोरियाली प्रतिनिधिको हातमा थमाएको हो । उत्तरको निम्तो लिएर ह्वाइट हाउस पुगेका दक्षिण कोरिायको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इउ–योङले ट्रम्प र किमबिच अनि दक्षिण कोरियाका नेताबिच पनि आउँदो मे मा भेतवार्ता हुने सम्भावना रहेको बताए । उनले ट्रम्पसँगको भेटपछि यस्तो बताएका हुन् । भेटमा दक्षिण कोरियाले प्रतिनिधिले उत्तर कोरियासँग भएको पछिल्लो भेटको ब्रिफिङ ट्रम्पलाई गरेका थिए । त्यसबाट ट्रम्प सन्तुष्ट रहेको पनि उल्लेख गरिएको छ ।

यसअघि ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न सक्ने कुरा झुठ हुन सक्ने भन्दै चिन्ता जनाएका थिए । तर अब ट्रम्प पनि भेटका लागि राजी भएको खबर आएपछि कोरियाली प्रायःद्विपमा रहँदै आएको तनाव अन्त्य हुने अपेक्षा गर्ने आधार बनेको विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्