यस्तो छ, माधव नेपालले क्याम्प परिवर्तन गर्नुको भित्री कारण

बिहिबार, २४ फागुन २०७४, १२ : ४४
      शब्द  
1469 पटक पढिएको

काठमाडौं । नेकपा एमालेमा राष्ट्रपतिमा बिद्या भण्डारी र माधव नेपालले आकांक्षा गरेसँगै बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कस्लाई समर्थन गर्छन् भन्ने कौतुहलता सबैमा थियो । लामो समयदेखि झलनाथ खनालसँगको सहकार्य गरिरहेका नेपालको समर्थन पाउनेमा स्वयं खनाल ढुक्क देखिन्थे । तर अन्तिममा आएर माधव नेपालले झलनाथसँगको सहकार्य अन्त्य गरेका छन् ।

राष्ट्रपति निर्वाचनकोलागि उम्मेद्धवार चयन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकमा खनालले आफू उम्मेद्धवार बन्ने ईच्छा प्रकट गरेका थिए । तर, नेता नेपालले यसबारेमा कुनै सकारात्मक पहल कदमी नै देखाएनन् । उनी बरु मौन बसिदिए ।

माधव नेपाललले आफूलाई नै सहयोग गर्ने विश्वास लिएका नेता खनाल त्यतिखेर चित खान पुगे, जतिवेला माधव नेपालले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेद्धवार बनाउने निर्णयमा समर्थन गरे ।

यसअघि नेता नेपालले एउटा गुटको नेतृत्व गरिरहेका थिए । नवौं महाधिवेशन यता अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिने गुट उनीसँग थियो । तर, अब माओवादी केन्द्रसँग एकता हुने भएपछि एकतापछिको नेतृत्व हत्याउनेगरि नेता नेपालले आफूलाई प्रस्तुत गरिरहेको एमाले निकट उच्च स्रोतले दाबी गर्यो ।

एकता महाधिवेशनमा ओलीको समर्थनमा अध्यक्ष बन्ने दाउमा नेपाल रहेको स्रोतको दावी छ ।

राष्ट्रपतिमा माधव नेपालले विद्यालाई साथ दिएकोले आफू राष्ट्रपति बन्नबाट बञ्चित भएको बरिष्ठ नेता खनालले आफ्नो टिमसँग गुनासो पोखेका छन् । नेता नेपालको समर्थन नपाउने भएपछि खनाल पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्