हेलम्बुमा तीनवटा हाइड्रोपावर बन्ने

बिहिबार, २४ फागुन २०७४, १० : ४९
      शब्द  
222 पटक पढिएको

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा तीनवटा हाइड्रोपावर बन्ने भएको छ । हेलम्बु गाउँपालिका नं. १ स्थित मेलम्ची खानेपानी आयोजनाको ड्याम साइड माथी २४.७ मेगावाट क्षमताको मिलरेपा इनर्जिले हाइड्रो पावर निर्माण गर्न तयारी गरेको हो ।

सो आयोजना निर्माणका लागि डिपिआर अन्तिम चरणमा पुगेको जानकारी पाएको हेलम्बु १ का वडा अध्यक्ष मिङमार लामाले जानकारी दिए । सो योजना मार्फत गाउँपालिकावासिलाई पनि निश्चित सेयर दिने प्रयास गरिने उनले बताए ।

यस्तै, सोही स्थान तल १ मेगावाट क्षमताको मेलम्ची जलविद्युत योजना पनि निर्माण गरिने भएको छ । त्यस्तै, हेलम्बु ७ स्थित गोहोरे खोला जलविद्युत आयोजना पनि चाँडै निर्माण कार्य अघि बढ्ने जनाइएको छ । यो सँगै हेलम्बु गाउँपालिकामा तीनवटा हाइड्रोपावर सञ्चालनमा आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्