सिरियामा विमान दुर्घटना हुँदा ३२ को मृत्यु

मङ्गलबार, २२ फागुन २०७४, २० : ३९
      शब्द  
146 पटक पढिएको

काठमाडौँ। सिरियामा एउटा रसियन विमान मंगलबार दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत २६ यात्रु र चालकदलका ६ सदस्यको मृत्यु भएको छ।

रसियन रक्षामन्त्रालयका अनुसार एन २६ विमान अवतरणका क्रममा मेइमिम एयर बेसमा दुर्घटनामा परेको हो। विमानमा आएको केही खराबीका कारण दुर्घटनामा परेको रसियन रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मिडियाहरुले उल्लेख गरेका छन्। 

 
प्रतिक्रिया दिनुहोस्
सिफारिस