श्रीलंकामा संकटकाल लागू

मङ्गलबार, २२ फागुन २०७४, १६ : ४१
      शब्द  
194 पटक पढिएको

काठमाडौं । मस्जिदहरुमा तथा मुस्लिम समुदायले सञ्चालन गरेको व्यवसायमाथि लगातारको आक्रमणपछि श्रीलंकामा संकटकाल लागू भएको छ ।

केन्डी शहरको केही क्षेत्रमा कर्फ्यू लगाइएको छ । केन्डीमा बुद्ध धर्म मान्ने सिंहाली समुदायले मुस्लिम समुदायले सञ्चालन गरेको पसलहरुमा आगजनी गरेको थियो ।

जलेर खरानी भएको एउटा घरबाट एक जना व्यक्तिको शव भेटिएको छ । एक हप्ता पहिले ट्राफिक रेड लाइटको विषयमा भएको झगडापछि केही मुस्लिमले एक बौद्ध युवकलाई कुटेका थिए ।

त्यसपछि नै केन्डीमा तनाव पैदा भएको थियो । गएको हप्ता मात्रै श्रीलंकाको पूर्वी शहर अपमारामा मुस्लिम विरोधी हिंसा भड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस