विराटनगरबाट ४५ लाखसहित एक जना पक्राउ

मङ्गलबार, २२ फागुन २०७४, १५ : ४७
      शब्द  
249 पटक पढिएको

मोरङ । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान  भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको भारत अररिया फारबिसगञ्जका  नारायण साहलाई विराटनगर ५ बाट पक्राउ गरिएको हो ।

भारतीय बीआर ११ एए ६२६५ नम्बरको कारलाई चेक गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ लाख नगद बरामद गरेको हो । ड्राइभरको सिटमुनि हालेर जोगवनीबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कारका चालक साहसहित कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए।

चालक साहसँग रकमको सन्दर्भमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरका ३ हजार ४ सय थानको ३४ लाख, पाँच सय दरको दुई हजार एक सय थानको १० लाख ५० हजार र एक सय दरका पाँच सय थानको ५० हजार गरी ४५ लाख रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्