नेपालले पायो अहिलेसम्मकै ठूलो विजयी लक्ष्य

आइतबार, २० फागुन २०७४, १७ : १४
      शब्द  
171 पटक पढिएको

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको छ ।

यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८०रन बनाएको हो ।

घरेलु टोली जिम्बावेका लागि  सिकन्दर राजाले सर्वाधिक १२३ रन बनाए  । उनले ६६ बलमा ७ चौका र ९ छक्काको मद्धतमा १२३ रन बनाएका हुन् ।  त्यस्तै ब्रेन्डन टेलरले ९१ बलमा ६ चौका र एक छक्कासहित  १०० रन बनाए  । केमास झुवाले २३ बलमा ४१ रन बनाए  भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्