युरोपेली कारमा थप कर लगाउने ट्रम्पको चेतावनी

आइतबार, २० फागुन २०७४, १२ : २३
      शब्द  
108 पटक पढिएको

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली निर्यातकर्ताहरूलाई स्टील एवं अलुमिनियमका साथै कारहरूमा थप कर लगाउने चेतावनी दिएका छन्।

स्टीलमा राजस्व बढाइए प्रतिकार गर्ने युरोपेली संघले चेतावनी दिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। उनले अमेरिकी व्यापार घाटा कम गर्ने कदम चाल्न आफू दृढ रहेको बताएका छन्।

अमेरिकाले स्टील र अलुमिनियममा चर्को भन्सार शुल्क लगाउने निर्णय गरेपछि उसका प्रमुख व्यापारिक साझेदारहरूका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनले त्यसको आलोचना गरिरहेका छन्।

युरोपमा बन्ने कारहरूको मुख्य निर्यात बजार अमेरिका रहने गरेको छ। सन् २०१६ मा युरोपेली संघले निर्यात गरेको एक खर्ब ९२ अर्ब युरो मूल्य बारबरका कारमध्ये २५ प्रतिशतसम्म अमेरिकामा आपूर्ति गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्