मिनालाई यसरी गरे दर्शक स्रोताले तिरस्कार

आइतबार, २० फागुन २०७४, ११ : ५७
      शब्द  
365 पटक पढिएको

काठमाडौ ।  हास्यँकलाकार मनोज गजुरेलसँग सम्बन्धबिच्छेद गरेको केही महिनामा नै मिना ढकाल गायिका र मोडल बनेकी छिन् । ढकालले आफ्नो पहिलो गीत निकालेकी छिन् ।

‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो, थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीत र सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोको मोडलको रुपमा समेत मिना आफैंले अभिनय गरेकी छिन्।

दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन् । उनको गीतलाई भने अधिकांश दर्शकले रुचाएको देखिदैन्। ‘सङ्स नेपाल’ले युटयूबमा राखेको भिडियोमा लाइक भन्दा बढी डिसलाइक देखिन्छ। प्रतिक्रिया दिने अधिकांशले उनको गीत राम्रो नरहेको भनेका छन्।

कसैले संगीतको बेइज्ज गरेको भनेका छन् भने कसैले गलत ठाउँमा सम्पत्तिको खेर फालेको भनेका छन्। धेरैले उनको स्वर गीत गाउन लायकको नरहेको र आफ्नो क्षमता भएको क्षेत्रमा लाग्नु उपयुक्त हुने सुझाव दिएका छन्।

कतिपय दर्शकहरुले गीत गाउने रहर भए सिकेर यस क्षेत्रमा लाग्न सुझाव दिएका छन्। प्रतिक्रियामा कसैले पहिलो प्रयास हो हौसला दिनुपर्छ भनेका छन् भने कसलैले वाह ! दिदीको स्वरमा जादू रैछ भन्दै व्यंग्यसमेत गरेका छन्।
 

२२ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै केही महिनाअघि मिना र मनोज गजुरेलले सम्बविच्छेद गरेका थिए। डेढ महिनाअघि उनले सम्वन्ध विच्छेद गरेकी हुन् ।

सम्बन्ध बिच्छेदपछि विभिन्न सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मीनाले मनोज गजुरेलसँग रहँदा आफ्ना धेरै सपना, रहरहरु ओझेलमा परे भन्ने खालका अभिव्यक्ति दिएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस