नेपाली राजदूतावास अष्ट्रेलिया र एनसीएबीच जग्गा खरिदसम्बन्धी सम्झौता

शुक्रबार, १८ फागुन २०७४, १३ : ३०
      शब्द  
270 पटक पढिएको

काठमाडौं । भवन अभाव झेल्दै आएको नेपाली राजदूतावास, अष्ट्रेलियाले जग्गा खरिद गरेको छ । अष्ट्रेलियामा रहेका विदेशी कूटनैतिक नियोगहरुका लागि त्यहाँको सरकारले छुट्याएका सीमित जमिनमध्ये O’Malley स्थित ब्लक नं. ३२, सेक्सन ५ को जमिन नेपाल सरकारले खरिद गरेको हो ।

दूतावासले खरिद गरेकाे जग्गाकाे कूल क्षेत्रफल ६१९८ वर्ग मिटर छ ।

नेपाली राजदूतावास अष्ट्रेलियाले त्यहाँको सरकारको भूमिसम्बन्धि प्राधिकरण नेशनल क्यापिटल अथोरिटी (एनसीए) सँग क्रोन लिज एग्रिमेन्टमा हस्ताक्षर गरेको जानकारी दिएको छ ।

क्रोन लिज एग्रिमेन्टमा अष्ट्रेलियाका नेपाली राजदूत लक्की शेर्पा र एनसीएका प्रमुख कार्यकारी अधिकृत एमएस सली बर्न्सले हस्ताक्षर गरे । उक्त अवसरमा नेपाली राजदूतावासका कर्मचारीसँगै एनसीएका अधिकारीहरुको समेत उपस्थिति थि

प्रतिक्रिया दिनुहोस्