ट्रान्सजेन्डर महिला बनिन् रियल लाइफ ड्रैगन, टाउकोमा उमारिन सिंग, जिब्रो पनि बीचबाट काटिन

बुधबार, १६ फागुन २०७४, १५ : ५०
      शब्द  
323 पटक पढिएको

सर्प जस्तो दुई हिस्सामा बाँडिएको जिब्रो, टाउकोमाथि उमारिएको सिंग र ड्रेगनको जस्तो शरीरमा ट्याटुको निशान, यी ट्रान्सजेन्डर महिलालाई देखेर प्रत्येक व्यक्ति अचम्ममा पर्दछ । आफूलाई यस्तो लुक दिनको लागि यी ट्रान्सजेन्डरले करीब ३५ लाख रुपैयाँ खर्च गरेकी छिन् । पहिला पुरुष थिइन् यी ट्रान्सजेन्डर महिला ।

आज ड्रैगन बनिसकेकी यी ट्रान्सजेण्डर महिला पहिला पुरुषको जिन्दगी बिताइरहेकी थिइन् । सन् १९९७ सम्म यिनी रिचर्ड हरनांडिज थिए जो एक कहलिएको बैंकको वाइस प्रेसिडेंट थिए । रिचर्ड समलैंगिक थिए, तर उनको जिन्दगी तब बदलियो जब उनी एचआइवीको शिकार भए । उनलाई लाग्यो कि उनी अब चाँडै नै मर्दछन् । यसपछि उनले आफ्नो जब छोडेर एउटा रेपटाइलको जस्तो जिन्दगी बिताउने फैसला गरे ।

रिचर्डले त्यसपछि एउटा छुट्टै अलग जिन्दगी जिउने फैसला गरे । उनले सबभन्दा पहिले आफ्नो सेक्स चेन्ज गरे र पुरुषबाट महिला बने । यसपछि उनले आफूलाई डै«गन बनाउनको लागि शरीरमा कैयौं प्लास्टिक सर्जरी गराए । त्यतिबेला उनी हदैबाट गुज्रे जब उनले आफ्नो दुइटा कान पनि काटे । आज रिचर्ड एक महिला हुन् र उनलाई इभा टियाम्याट मेडुसाको नामबाट चिनिन्छ ।

मेडयूसालाई जब एक इन्टरभ्यूमा सोधियो, जब मलाई एचआईवी भयो तब म निकै डराएकी थिएँ । यसपछि मैले आफ्नो जिन्दगीलाई अलग तरिकाले जिउने फैसला गरे तर मानिसजस्तो होइन । अब सर्प नै मेरो बाबुआमा ह्न् र मेरो परिवार हो ।  

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस