राजधानीको धुलो-धुवाँ न्यूनिकरण गर्न मन्त्री पण्डितको निर्देशन

शुक्रबार, ११ फागुन २०७४, ०८ : ००
      शब्द  
456 पटक पढिएको

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले राजधानीका धुँवा-धुलो न्यूनिकरणका लागि परिणाम देखिने गरि काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा आफ्ना मातहतका विभाग तथा कार्यालयका प्रमुखहरुलाई बोलाएर मन्त्री पण्डितले कागजी सजावट आफुलाई मन नपर्ने भन्दै जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउन निर्देशन दिएका हुन् ।

धुलो र फोहोरका कारण राजधानीबासीको दैनिकी सास्तीपुर्ण वनेकाले सफा राजधानीका लागि आफ्नो ध्यान केन्द्रीत भएको उनको भनाइ छ । काम गर्दा आइ लाग्ने सबै दोष लिन तयार रहेको भन्दै मन्त्री पण्डितले कानुनसम्मत काम गर्दा कसैले प्रश्न उठाए मन्त्रीलाई देखाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस