चन्द्र ग्रहणको बेला गर्नुहोस् यी काम, चम्कन्छ तपाईको भाग्य

बुधबार, १७ माघ २०७४, १३ : ०६
      शब्द  
1459 पटक पढिएको

काठमाडौं । आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्दैछ । ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने छ ।

जोतिषशास्त्रका अनुसार भाग्यलेसाथ नदिईरहेका व्यक्तिहरुले चन्द्र ग्रहणको बेला गरिने केहि कार्यमार्फत तत्काल लाभ लिन सक्नेछन् । चन्द्रग्रहण लागेका बेला मनोरन्जनात्मक कार्य गर्नु राम्रो मानिदैन । यस्तो बेलामा सहवास गर्नु पनि शास्त्रले राम्रो मान्दैन । आफ्नो कुण्डलीमा दोष भएकाहरुले चन्द्र ग्रहणको बेला जप, ध्यान र भगवानको आरति गर्नु राम्रो मानिन्छ ।

ग्रहण लाग्नुभन्दा पहिले घरमा रहेका खाद्य पदार्थमा कुश या तुलसीको पत्ता राख्नु लाभकर हुन्छ । यस्ले खाद्यन्नलाई प्रदुशित हुनबाट बचाउछ भन्ने मान्यता रहेको छ । ग्रहणको बेला घरमा पाकेको खाना छ भने ग्रहण सिद्धिएपछि गाई या कुकुरलाई खुवाईदिदा लाभ प्राप्त हुन्छ । आफुले भने ग्रहण सिद्धिएपछि खाना पकाएर खानु राम्रो मानिन्छ ।

अरु बेला भन्दा चन्द्र ग्रहण लागेको बेला गरिने पुन्यकर्मको फल तत्काल पाईन्छ । ग्रहणको बेला गरिने जप, ध्यान, चीर्थ, स्नान र दानले कयौ गुणा बढी फल पाईने बिश्वास रहेको छ ।

जो व्याक्तिले गुरुमन्त्र लिएका छन् उनीहरुले ग्रहणको बेला सो मन्त्र जप गर्नुपर्दछ । यस्तो बेला आफुले जानेको मन्त्रको उच्चारण नगरेमा यस्को शक्ति क्षय हुने बताईन्छ ।


जो व्याक्तिको कुण्डलीमा राहु र चन्द्रमा दुबै ग्रहको साथ रहेको छ भने उनीहरुले ग्रहणको बेला ग्रहण योग शान्ति गर्नुपर्दछ । यस्ले कुण्डलीको दोश हटाउने काम गर्दछ ।

ग्रहण लागेको बेलामा सम्भव भएसम्म गरिवलाई कालो कम्वल र अन्न दान गरेमा प्रत्यक्ष लाभ लिन सकिने बिश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्