आजबाट असनका यी स्थानमा पाइदैन गाडी चलाउन

मङ्गलबार, ०२ माघ २०७४, ०९ : ४२
      शब्द  
352 पटक पढिएको

काठमाडौं । काठमाडौंको असन क्षेत्रलाई आजबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । मुख्य बजारको रुपमा रहेको असन क्षेत्र अस्तव्यस्त बनेपछि कोलाहल मुक्त बनाउन चार पांग्रे सवारी साधनलाइ आजबाट निषेध गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बढी भिडभाड हुने असनक्षेत्र आजदेखि चारपांग्रे गाडी निषेध भएको जानकारी दिए ।

रञ्जितकारले अनलाइनखबरसँग भने, ‘अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको छ । यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध हुन्छ ।’

काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । आजै बिहानैदेखि निषेधित क्षेत्र कार्यान्वयन गर्ने तयारी भए पनि बोर्ड राख्न ढिलाइ भएकाले केही घण्टा ढिला कार्यान्वयन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्