पोर्चुगलमा नेपाली राजदुतावास अत्यावश्यक भएको छः कुबेर कार्की, अध्यक्ष गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद, पोर्चुगल

आइतबार, ३० पुष २०७४, १४ : ०५
      शब्द  
437 पटक पढिएको

पोर्चुगलमा एनआरएनको शुरुवात कहिले भएको हो ?
पोर्चुगलमा एनआरएन २००६ मा स्थापना भएको हो । त्यतिबेला यहा हामी थोरै संख्यामा नेपालीहरु थियौं । त्यतिवेलाको डाटा अनुसार ५ सयको हाराहारीमा नेपालीहरु थिए । अहिले पोर्चुगलमा २० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिन्छ । गैर हावासीय नेपाली संघले धेरै कुराहरुमा नेपालीहरुलाई साथ र सहयोग गर्दै आएको छ । मुख्यत नेपालीहरुलाई पासपोर्टसम्बन्धी समस्यामा फ्रान्समा रहेको राजदुतावाससँग समन्वयन गरेर काम गर्नेगरेका छौं । पोर्चुगललाई कर्म थलो बनाएर आएका नेपालीहरुको हरेक समस्यामा एनआरएनले साथ र सहयोग गर्दै आएको छ ।

नेपालीहरु कुन कुन देशबाट पोर्चुगल आएको पाउनुभएको छ?
विगतका बर्षहरुलाई हेर्दा नेपालीहरु युरोपी अन्य मुलुक जर्मनी, बेल्जीयम, हलायण्ड र डेनमार्क लगायतका मुलुकमा स्टुडेन्ट भिषामा आउने र भिषाको कार्यकाल सकिएपछि पोर्चुगल छिर्ने रेको पाईएको छ । पोर्चुगल सरकारले बिगत केहि बर्षदेखि स्थायी बसोवासका लागि कहि खुकुलो गरेकोले नेपालीहरु पोर्चुगलमा आएर काम गर्ने र ८,१० महिना काम गरेको ट्याक्स बुझाएपछि अस्थायी बसोवासको कार्ड पाउने गरेका छन् । युरोपको अन्य देशमा भन्दा पोर्चुगलमा कार्ड पाउन सजिलो भएकोले नेपालीहरु पोर्चुगलमा आकर्षित भएका छन् ।

पोर्चुगलले नेपालीलाई मात्र हो की अन्य देशका नागरिकलाई पनि अस्थायी बसोवासको लागि खुकुलो गरेको छ ?
पोर्चुगलले ब्राजिल, अमुला, मकाउलगायतका मुलुकलाई अस्थायी बसोवासको व्यबस्था गर्ने शुरुवात गरेको थियो । पछि अन्य मुलुकका आप्रवासीलाई पनि अस्थायी बसोवासको लागि खुकुलो गरेको हो । पोर्चुगलका युवा जनशक्ति युरोपका अन्य मुलुकमा जाने भएकोले पोर्चुगललाई दक्ष जनशक्तिको अभाव पनि छ । त्यसैले पनि पोर्चुगल सरकारले आप्रवासीसम्बन्धी केही उदार नीति लिएको हो ।

नेपालको मेनपावर पोर्चुगल भित्रिदा पोर्चुगिस सरकारलाई त राम्रै हुने भयो नेपाल सरकारलाई के असर गर्छ ?
यस्ले नेपाल सरकारलाई कुनै असर गर्दैन । किनभने नेपालीहरु अवसरको खोजिमा बिदेश जाने गरेकै छन् । तर योजनाबद्ध रुपमा पोर्चुगलमा नेपाली पठाउने काम भने अझै हुन सकेको छैन । यदि सरकारकै पहलमा पोर्चुगलसँग समन्वयन गरेर नेपाली जनशक्ति पठाउन सकेका नेपालीलाई यो राम्रो अवसर हुन सक्दछ । पोर्चुगलको अर्थतन्त्र टुरीज्जम र कृषि व्यवसायले धानेको छ । यहाँ युरोपका अन्य मुलुक र अमेरिकन मुलुकबाट निकै पर्यटक यहाँ आउने गर्दछन् । त्यसैगरी कृषि पनि पोर्चुगलमा व्यवसायीक हिसावले निकै राम्रो व्यवसाय मानिन्छ । यहाँ करिव ४, ५ हजार नेपालीहरु कृषिमा काम गर्नुहुन्छ । कतिपय नेपालीहरुले कृषिलाई नै व्यवसायको रुपमा अगाडि बढाएर उल्लेख्य प्रगति गरेका छन् । यस्लाई नेपाल सरकारले अहिलेसम्म प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिन सकेको छैन । केहि बर्ष अगाडि केहि नेपालीहरु वर्क प्रमिट लिएर यहाँ आएको भए पनि यो व्यबस्थित हुन सकेको छैन ।

यस्लाई ब्यवस्थित गर्न यहाँ सरकारको उपस्थित हुनु जरुरी छ । अहिले युके पछि सबैभन्दा धेरै नेपाली रहेको मुलुक पोर्चुगर्ल हो । त्यसैले पनि यहाँ नेपाली राजदुतावासको स्थापनाको लागि हामीले पहल गरिरहेका छौं । म यसै अन्तरवार्तामार्फत पनि नेपाल सरकारसँग के अनुरोध गर्न चाहन्छु भने पोर्चुगलमा भएका नेपालीहरुको समस्या समाधानको लागि, नेपालीहरुको अवसरका लागि र पर्यटन बिस्तारको लागि पनि नेपाल सरकारले सके सम्म चाँडो पोर्चुगलमा राजदुतावास स्थापना गर्न  म आग्रह गर्दछु ।

तपाईले पर्यटन र कृषि पोर्चुगल अर्थतन्त्रको मेरुदण्ड हो भन्नुभयो । नेपालमा पनि पर्यटन र कृषिमा प्रसस्तै सम्भावना रहेको छ । यहाँको अनुभवलाई नेपालमा लागु गर्न एनआरएनले कुनै पहल गरेको छ ?

यहाँको सरकारले पर्यटन व्यवसायलाई धेरै व्यबस्थित गरेको छ । पर्यटकलाई आकर्षक गर्न यहाँका पुराना भवनहरुलाई संरक्षण गरिएको छ । यहाँ १ जना पर्यटक आउदा सरकारलाई ट्याक्स त बुझाउछ नै सँगै होटल व्यवसायीले पनि १ जना पर्यटकलाई सेवा दिएवापत सरकारलाई पनि १ युरो ट्याक्स बुझाउने गर्दछ । यसरी सरकारले यो व्यवसायबाट फाईदा लिन सकेको छ । यहाँ आउने पार्यटकलाई पनि नेपालको पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिन सके नेपाललाई प्रत्यक्ष फाईदा हुन सक्छ । एनआरएन र यहा रहेको अवैधानीक दुतावासले यो पहल त गरेकै छ । नेपालमा टुरिज्जम प्रमोट गर्नको लागि राजदुतावासकै आवस्यक देख्दछु । राजदुतावास भएमा यहाँको सरकार र परराष्ट्र मन्त्रालयसँग प्रत्यक्ष सरकेकार राख्न सक्दछ । हामिले जतिसुकै प्रयास गरेपनि हाम्रो पहुँच त्यहासम्म नपुगेको हो की भन्ने फिल मैले गरेको छु ।

पर्यटन आकर्षण गर्न पोर्चुगलमा भएका प्रयास र नेपालमा भएका प्रयसलाई कसरी हेर्नुभएको छ ?

हाम्रो देश पर्यटकीय हिसावले प्रसस्तै सम्भावनाहरु छन् । हुन त ०७२मा गएको भूकम्पले यस्मा केहि क्षेती भयो । तर पुरातत्व बिभागले केहि ऐतिहासिक क्षेत्र र भवनहरुलाई पुरानै संरचना अनुसार निर्माण गर्न पहल गर्नुपर्दछ । यस्मा सरकारले पनि पहल गर्नुपर्दछ ।

पोर्चुगलमा नेपालीको संख्या बढ्दै जाँदा नेपालीबाटै नेपालीहरु लुटिने गरेका समाचारहरु पनि आईरहेका हुन्छन् । यस्मा नयाँ आउने नेपालीहरुलाई तपाईको सुझाव के छ ?

पछिल्लो समय पोर्चुगल पठाँउछु भनेर नेपालमै नेपालीलाई ठग्ने गरेको पनि पाईन्छ । यस्मा सबै चनाखो हुनुपर्दछ । पोर्चुगलमा भएका आफन्त वा एनआरएन मार्फत पनि बैधानिकतासम्बन्धी बुझ्न सकिन्छ । र पोर्चुगल आईसकेपछि दुख पाएका , काम नपाएका कुलतमा फसेका नेपालीहरुलाई एनआरएनले उद्धार गर्ने गरेको छ ।

अन्त्यमा पोर्चुगलमा रहेका नेपाली र पोर्चुगल आउन चाहने नेपालीहरुलाई तपाईको केहि संदेश छ ?
पहिलो कुरा त पोर्चुगलमा भएका सम्भावनाहरु नेपालमा पनि छन् । पढेलेखेका युवाहरुलाई नेपालमै भबिष्य खोज्न आगैह गर्दछु । सम्भव भएसम्म नेपालमै केहि गरौं, तर पोर्चुगल नै आउन चाहनुभएको हो भने यो नेपालीको लागि राम्रो गन्तव्यचाँही हुनसक्छ । जुन परिकल्पना गरेर धेरै खर्च गरेर आउदा भने समस्या पर्न सक्छ । यहँ धेरै कमाई भने हुँदैन । यस्मा ध्यान दिनुहोला । हावापानीको हिसावले नेपालसँग मिल्देजुल्दो भएकोले केहि सिप भएकाले यहाँ राम्रो गर्नपनि सक्छन् । यहाँ रहेका नेपालीहरुको हकमा त हामीहरुले एनआरएनको मार्फतबाट सक्दो सहयोग गरेकै छौं । कुनै समस्यामा परेमा एनआरएनलाई संझन सक्नुहुन्छ भन्न चाहन्छु ।
 

 

प्रतिक्रिया दिनुहोस्