ऐश्वर्याका आकर्षक फोटोहरु

मङ्गलबार, २५ पुष २०७४, ११ : ३०
      शब्द  
2555 पटक पढिएको

ऐश्वर्या रायको जन्म नोभेम्बर १, १९७३ मा भएको थियो । सबैलाई थाहा भएकै कुरा हो उनी एक बलिउड अभिनेत्री, मोडेल र १९९४ को विश्व सुन्दरी हुन् । आफ्नो सफलतापूर्ण अभिनयको क्यारियरमा उनले आफूलाई प्रसिद्ध र प्रभावशाली सेलिब्रेटीको रुपमा भारतमा मात्र नभई विश्वभरि नै स्थापित गराइसकेकी छिन् ।

सन् २००९ मा उनलाई भारत सरकारले पद्यश्रीबाट सम्मानित गरेको थियो । उनी संसारभरिकै सुन्दरी महिलामा गनिन्छिन् । उनले महानायक अभिताभ बच्चनको छोरा तथा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी छिन् । उनले अभिनय गरेका केही फिल्महरुमा और प्यार हो गया, देवदास, हम दिल दे चुके सनम आदि पर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस