अशोक लेल्यान्डले ल्यायो नेपालमै पहिलो यु ४०१९ ट्रयाक्टर ट्रेलर

मङ्गलबार, १८ पुष २०७४, १७ : ०५
      शब्द  
419 पटक पढिएको

काठमाडौं – अशोक लेल्यान्डको यु ४०१९ ट्रयाक्टर ट्रेलर नेपालमा आइपुगेको छ । ट्रयाक्टरका साथमा ३९ फिट साइड वाल भएको डबल एक्सल ट्रेलर ग्यास सिलिण्डर बोकेर ढुवानी गर्न सकिन्छ । यस प्रकारको ट्रयाक्टर ट्रेलर नेपालमै पहिलो पटक भित्रिएको हो ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बितरक आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले उक्त ट्रयाक्टर ट्रेलर नेपालमा उपलब्ध गराएको हो ।

अशोक लेल्यान्डका अन्य गाडी जस्तै यु ४०१९ मोडलले न्युनतम मर्मत खर्च र अधिकतम माइलेज दिने कम्पनीले दावी गरेको छ । यु ४०१९ मा जोडिएको ट्रेलरको आकार ३९’–०“ X ८’–५“ X ७’–६“ का साथ १०१६ वटा सिलिण्डरसँगै ५.० मिमीको एचआर चेकर्ड प्लेट र २.० मिमीको एचआर सिट साइड वाल सहित रहेको छ ।

अशोक लेल्यान्डको उक्त ट्रयाक्टर ट्रेलरमा इनलाइन फ्युल इन्जेक्सन पम्प, अत्यधिक माइलेज, बलियो फ्रेम, आरामदायी क्याबिन र श्रेष्ठ प्रदर्शन जस्ता विशेषताहरु रहेको कम्पनीले बताएको छ ।

बिशेषतःग्यास ढुवानी गर्ने ग्राहकवर्गका लागि अशोक लेल्यान्ड यु ४०१९ ट्रयाक्टर ट्रेलर एक भरपर्दो लगानी साबित हुने कम्पनीले नै प्रतिबद्धता ब्यक्त गरेको छ ।
आइएमई मोटर्सका देशभर रहेका सेल्स, सर्भिस र पार्ट्सको नेटवर्कले गर्दा यसका लागि अझ बलियो आधार भएको कम्पनीले बताएको छ ।

हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेल्यान्ड भारतीय उत्पादक कम्पनी हो, जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्यान्ड सन् १९४८ मा स्थापित कम्पनी हो । व्यावसायिक वाहनमा यो भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । नेपालमा अशोक लेल्यान्डका ट्रक÷टिप्पर, बस, लाइट कमर्सियल गाडीहरु र डिफेन्स प्रयोजनका स्पेसल गाडीहरु उपलब्ध छन् ।

आइएमई ग्रुप सन् २००१ मा स्थापित नेपालको एक अग्रणी व्यापारिक समूह हो र यसको लगानी अटोमोबाइल वाहेक अन्य विभिन्न क्षेत्रमा समेत छ ।

प्रतिक्रिया दिनुहोस्