नवराज सिलवाललाई जनताले यसरी गरे आफ्नो आँगनमा स्वागत ! (फोटोफिचर)

सोमबार, २० कार्तिक २०७४, १६ : ३९
      शब्द  
3136 पटक पढिएको

ललितपुर । नेपाल प्रहरीको उच्च ओहदाबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेका नवराज सिलवाल ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चुनाव लडिरहेका छन् । चुनाव आउन २० दिनमात्रै बाँकी रहँदा उनको व्यस्तता बढ्नु स्वभाविक हो । उनी अहिले चुनावी अभियानमा व्यस्त छन् ।

सोमबार उनी ललितपुरको आफ्नो क्षेत्र अन्तर्गत पर्ने दुर्गम इलाका भट्टेडाँडामा नागरिकहरुसँग भोट माग्ने काममा व्यस्त थिए । उनलाई सर्वसाधरणले निकै उमंगका साथ स्वागत गरिरहेका छन् । त्यसैले हामीले यो पटक एमालेका उम्मेद्वार सिलवालको चुनावी अभियान अन्तर्गत ललितपुरको भट्टेडाँडामा आयोजित घरदैलौ कार्यक्रमका तस्वीरहरुलाई यहाँ फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौ । तस्वीर: नवराज सिलवालको फेसबुकबाट  

प्रतिक्रिया दिनुहोस्
सिफारिस