मुख्य समाचार

सुदृढ स्थानीय स्वायत्त शासनले मात्र देशलाई स्थायित्व दिनसक्छः अध्यक्ष थापा

​कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । ...

पूर्व राजाको परिवार पोखरामा, समर्थकले गरे नाराबाजी

​पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो झण्डै दुई साताको निजी भ्रमणको क्रममा सोमबार पोखरा आइपुगेका छन्। मध्यान्ह १२ बजे बुद्ध एयरको जहाजमार्फत पोखरा विमानस्थलमा झरेका ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमललाई भब्य स्वागत समेत गरे। ...

आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गछौंः मन्त्री पुन

​काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् ।नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग गरिएको कार्यसम्पादन सम्झौता समारोहमा उनले पछिल्लो दिनमा प्राधिकरणको साख बढ्दै गएकाले अझै विश्वास बढाउनुपर्नेमा जोड दिए । ...

हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कारबाही गछौंः मन्त्री पण्डित

​काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले बढी भएको ठाउँबाट कमी भएको ठाउँमा कर्मचारी पठाउने काम अध्यादेशमार्फत हुने बताए। ...

नेकपा सचिवालय बैठकः स्थायी कमिटीको बैठकको एजेन्डाबारे छलफल

​काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा आज बस्ने नेकपाको स्थायी कमिटीको बैठकको एजेन्डाबारे छलफल भभएको छ । दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्दै छ। ...

काङ्ग्रेस महासमिति बैठक शुभारम्भ हुँदै

​काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ...

संविधानको ढाँचा अनुसार काङग्रेस विधान

​विराटनगर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताएका छन् । ...

शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल

​काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’ (मुक्तिको बाटो)को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्दै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए । ...

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष: मन्त्री पण्डित

​इटहरी । सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताएका छन् । मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको उद्घाटन कार्यक्रममा उनले भने, “जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान हो ।” ...

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मान

​जनकपुरधाम । सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । ...

प्रदेश नम्बर ३को राजधानी तत्काल तोकिँदैनः मुख्यमन्त्री पौडेल

​काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए । ...

ओली इतिहासकै बलियो प्रधानमन्त्री भएपनि देशलाई समृद्धितर्फ लैजान सकेनन्ः नेता थापा

​उर्लाबारी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे । ...

सिफारिस