विश्व

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता, सीमा क्षेत्रमा जारी आप्रवासी समस्या समाधानबारे छलफल

​वासिङटन । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ । यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ । मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनी टिप्पणी गरे । ...

जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

​​ब्युनस आयर्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ । ...

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

​​वासिङटन । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो । ...

अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

​​वासिङटन । अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन् । ...

गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

​​उनको निर्देशन अनुसार गृह, पर्यटन, शिक्षा, जलश्रोत, आन्तरिक व्यापार, उच्च शिक्षा सार्वजनिक कार्य तथा निर्माण, संचार र उद्योग मन्त्रीहरु परिवर्तन परिवर्तन भएका हुन् । ...

आप्रवासीसम्बन्धी ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

​​वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । ...

फिजीमा शक्तिशाली भूकम्प

​​लम्बासा । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । ...

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो

​​प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताए। ...

सिफारिस