विज्ञान प्रविधि

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

​काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए ।

मङ्गल ग्रहमा पानीको ताल फेला पर्‍यो

​​काठमाडौं । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको जलाशय सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। ...

अपराध अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

​​झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भने, ‘यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि...

३७५ किलोमिटर क्षेत्रमा विछ्याईयो अप्टिकल फाइबर

​​काठमाडौं । बैशाख मसान्तसम्म नेपाल टेलिकमले ३ सय ७५ किलोमिटर अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न गरेको छ । कुल १ हजार किलोमिटर अप्टिकल फाइबर विछ्याउने लक्ष्य लिएकोमा २०७५ असार मसान्तसम्ममा पहिलो चरणको ४ सय किलोमिटर अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा पुगेको हो । बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर फाइबर विछ्याउने कार्य सम्पन्न भैसकेको टेलिकमले जनाएको छ । टेलिकमद्धारा...

प्रयोगकर्ताको गोपनीयता निम्ति फेसबुकसँग भिड्दै एप्पल

​​काठमाडौ । अमेरिकी अनुसन्धान संस्था ‘एफबिआई’ ले केही समयअघि एक अभियुक्तको आइफोन ‘अनलक’ गरेर सूचना उपलब्ध गराउन एप्पललाई दबाब दिएको थियो। संसारकै अग्रणी मोबाइल उत्पादक कम्पनी ‘एप्पल’ यो दबाबविरुद्ध कानुनी उपचारमा गयो, तर एफबिआईले मागेको सूचना दिएन। आफ्ना ग्राहकको फोन ‘अनलक’ गरेर सूचना चोर्नु ‘गोपनीयताको हकविरुद्ध’ हुने कम्पनीको जिकिर थियो।  उपभोक्ताको गोपनीयता निम्ति एफबिआईसँग लडाइँ मोलेको एप्पलले पछिल्लोपटक फेसबुकलाई त्यस्तै चुनौती...

फेसबुकले नग्न तस्बीर माग्यो, प्रयोगकर्तासँग नै माग्नुको कारण के हो ?

​​लन्डन। फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । फेसबुकले आफ्ना प्रयोगकर्ताको नग्न तस्वीर किन मागेको होला रु धेरैको मनमा स्वाभाविक रुपमा प्रश्न उब्जिन सक्छ । तर प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ...

फेसबुक मालिक जुकरबर्गले किन मागे माफी ? कारण यस्तो छ

​​काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको...

वैज्ञानिकले बनाए सबैभन्दा सानो घर

​​काठमाडौ । वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ। भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा विवरण दिइएअनुसार यो सबैभन्दा सानो घर निर्माणबाट अनुसन्धानकर्ताहरुले अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सक्नेछन् । आयोन गन (ion guns), इलेक्ट्रोन किरण विम र रोवोटिक परियोजनालाई कावुमा...