प्रवास

देवकोटाको स्वदेश फिर्तीका लागि सहयोगको आव्हान

​बेल्जियम । हालैमात्र नेपालबाट बेल्जियम आईपुग्नु भएका श्री सुमन देवकोटाको स्वास्थ्य उपचारका लागि अध्यक्ष लोक दाहाल, जनप्रगतीशिल मोर्चा युरोपका अधक्ष्य बिष्णु भुजेलको छिमेकी देवराज पौडेल र समाजसेवी डा लुक बुकुरको नेतृत्वमा निरन्तर प्रयासरत रही स्थानीय चिकित्सकको पहलमा अस्पताल भर्ना गरिएको तथा उहाँको स्वास्थ्य वीमा नभएपनि उपचार भैरहेको छ । ...

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने यस्तो अभियान

​​काठमाडौं। देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।  बुधबार ‘फोरेन रिटर्न नेप्लिज फर नेपाल’ ९एफओआरइएनएन० नाम दिइएको अभियानको रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गरे। पूर्व शिक्षामन्त्री गंगाधर तुलाधरद्वारा परिकल्पना गरेको यो अभियानको उद्देश्य पढाई, रोजगार आदिका क्रममा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्ने रहेको छ। ...

प्रधानमन्त्रीको भ्रमण टोलीमा एनआरएनएको सहभागिता लाखौ एनआरएनएको उच्च सम्मान : उपाध्यक्ष आचार्य

​​काठमाण्डौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा एनआरएनएलाई सहभागि गराइनु स्वागतयोग्य कार्य भएको बताएका छन् । छलफल डटकमसँग कुरा गर्दै उपाध्यक्ष आचार्यले सरकारले पहिलो पटक लाखौ गैह्र आवासीय नेपालीलाई समान रुपमा समेटेको समेत बताए । ...

मलेसिया जाने नेपालीको संख्या बढ्दो

​​काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ...

नेपाली राजदूतावास अष्ट्रेलिया र एनसीएबीच जग्गा खरिदसम्बन्धी सम्झौता

​​काठमाडौं । भवन अभाव झेल्दै आएको नेपाली राजदूतावास, अष्ट्रेलियाले जग्गा खरिद गरेको छ । अष्ट्रेलियामा रहेका विदेशी कूटनैतिक नियोगहरुका लागि त्यहाँको सरकारले छुट्याएका सीमित जमिनमध्ये O’Malley स्थित ब्लक नं. ३२, सेक्सन ५ को जमिन नेपाल सरकारले खरिद गरेको हो । ...

पोर्चुगलमा टंकको रेष्टुराँमा सुनको चुल्हो : प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक

​​लिस्बन – कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन्। घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन्। ...

कार्कीलाई मातृशोक

​​काठमाण्डौं । नेपाली जनसम्पर्क समिती आयरल्यानण्डका सदस्य एवं गैर आवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक उपाध्यक्ष विनोद कार्कीलाई मातृशोक परेको छ । ...

बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

​​लन्डन । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । ...