फाेटाे फिचर

इक्यान निर्वाचनमा विष्णुहरि पाण्डे समूहको मनोनयन, हेर्नुस् फोटोमा

​नेपाल शैक्षिक परामर्श संघको वैशाख ८ गतेका लागि तय भएको आसन्न निर्वाचनका लागि विष्णुहरि पाण्डे समूहले मनोनयन दर्ता गरेको छ। निर्वाचन अधिकृतको कार्यालय डिल्लीबजारमा पुगेर सबै पदाधिकारी तथा सदस्यहरुले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष विष्णुहरि पाण्डेको प्रस्तावक समर्थकमा वर्तमान अध्यक्ष प्रकाश पाण्डे र समर्थकमा निवर्तमान अध्यक्ष राजेन्द्र बराल छन्। ...

यस्तो हुन्छ, प्रधानमन्त्रीदेखि कलाकारसम्मको सपिंग ! ब्राण्डेटमा बढ्दो मोह

​​काठमाण्डौं । उच्च तहका चर्चित व्यक्तिहरुले कस्तो र कुन ब्राण्डको जुत्ता, कपडा लगायतका समान लगाउँछन र कहाँ खरिद गर्छन भन्ने सवैलाई चासो र कौतुहलता हुन सक्छ । प्रधानमन्त्रीदेखि मन्त्री, नेता, उद्योगी व्यवसायी, वैंकर्स, सञ्चारकर्मीदेखि कलाकारसम्मले कस्तो जुत्ता, कपडा लगायतका समान र कुन ब्राण्डका लगाउँछन र कहाँ खरिद गर्छन भन्ने हाम्रा पाठकको जिज्ञासा मेटाउने हामीले प्रयास गरेका छौ । ...

‘नानी ज्यान’ मा वर्षा शिवाकोटी र पुष्प खड्काको रोमान्स (फोटो फिचर सहित)

​​लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ । सोमबार युट्युव मार्फत गीतको भिडियो पनि रिलिज गरियो । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’...

वाम सरकार बनेपछि के विनोद चौधरीसँग असुल्ला त कर छलीको १० अर्ब रुपैयाँ ?

​​काठमाण्डौं । नेपालका प्रख्यात उद्योगपति विनोद चौधरीले सरकारलाई शक्ति केन्द्रको आड्मा अर्बौ रुपैया कर नतिरेको खुलासा भएको छ । विश्वका विभिन्न देशमा दर्जन उद्योग र व्यापार विस्तार गरेका चौधरीले नेपाल सरकारलाई भने अर्बौ रुपैयाँ तिर्न बाँकी छ । चौधरीले सरकारलाई करिब १० अर्ब रुपैया कर तिर्न बाँकी रहेको अर्थ मन्त्रालय स्रोत दाबी गर्छ । ...

केशव स्थापितका कान्छो छोरा अस्वेतको काठमाण्डौ बनाउने यस्तो छ, १०१ रोचक योजना

​​केशव स्थापित, नेपाली कम्युनिष्ट राजनीतिका एक प्रखर व्यक्तित्व । काठमाण्डौ महानगरपालिकाको मेयर बनेपछि सामान्य मानिसका लागि समेत स्थापित नौलो व्यक्ति भएनन । काठमाण्डौको माइतीघर मण्डला निमार्ण गरेपछि अझ उनको लोकप्रियता हवात्तै बढ्यो । स्थापित काठमाण्डौ निर्माणका नायक जस्तै बने । फरासिलो स्वभाव र प्रष्ट व्यक्तित्व रोलमोडल नै बने स्थापित काठमाण्डौका लागि । ...

नवराज सिलवाललाई जनताले यसरी गरे आफ्नो आँगनमा स्वागत ! (फोटोफिचर)

​​ललितपुर । नेपाल प्रहरीको उच्च ओहदाबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेका नवराज सिलवाल ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चुनाव लडिरहेका छन् । चुनाव आउन २० दिनमात्रै बाँकी रहँदा उनको व्यस्तता बढ्नु स्वभाविक हो । उनी अहिले चुनावी अभियानमा व्यस्त छन् । ...

उम्मेद्वारी दर्ता गर्दा देखिएका नेताहरुका सात तस्वीर ! (फोटोफिचर)

​​काठमाण्डौ । बिहीबार आगामी मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरिएको छ । राजनीतिक दलहरुले विशेष तामझामका साथ उम्मेद्वारी मनोनयन दर्ता गरेका हुन् । यसै सन्दर्भमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट वारेसनामामार्फत उम्मेद्वारी दर्ता गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा–५ बाट उम्मेद्वारी दर्ता गरेका छन् । ...

बाबु, हामीले बस्ने बास त पाएका थिएनौ, तर तिमीलाई माया गर्ने भाग्य समेत खोसिदिए !

​​एजेन्सी । यो तस्वीर एक रोहिंग्या मुस्लिम दम्पतीबाट ४० दिन अघि जन्मिएका एक मृत बालकको हो । रोहिंगा परिवार म्यानमारबाट भागेर बंगलादेश छिर्दै गर्दा एक डुंगा पल्टिएपछि यी नाबालकको मृत्यु भएको हो । उनको परिवार म्यानमारमा बुद्धिष्ट अतिवादीहरुको दमन खप्न नसकी बंगलादेश भाग्ने क्रममा डुंगामा सवार थियो । ...