मनाेरञ्जन

प्रेमीको हात समाउँदै विवाहमा पुगिन् प्रियंका

​काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले मिडियामा छाइरहेका छन् । खबरहरुका अनुसार प्रियंका र निक एक अर्कासँग डेटिङ गरिरहेका छन् । पछिल्लो समयमा दुवैलाई कयौं पटक एकसाथ देखिन थालिएको छ । कैयौं पटक दुवैले साथमा समय बिताएको देखेर यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् । ...

पप जगतका हस्ति र 'क्रस रोड' ब्यान्डले चितवन गुन्जने

​​काठमाडौं । रोटरी क्लव अफ नारायनघाटको आयोजनामा चितवनमा संगीतिक कार्यक्रम 'Mega Musical Concert 2018' हुने भएको छ । उक्त कार्यक्रमबाट संकलित रकम चेपांग समुहको स्वास्थ्य र शिक्षाको लागि खर्च गरिने आयोजकले बताएका छन् । यही असार २ गते हुने कार्यक्रममा नेपाली पप संगीतका चर्चित हस्तीहरू आफ्नो सदाबहार लोकप्रीय गीतहरू प्रस्तुत गर्नेछन् । ...

सलमानको नेपालीलाई आग्रहः ‘रेस ३’ हेर्नुहोस्

​​काठमाण्डौ । बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् ।...

परिचय नै सोभित बस्याल

​​‘सुन्दर सपना देख.... र त्यसको पछि लाग.....!’ खाडीको पचास डिग्री सेण्टीगे्रड तापक्रममा रगत र पसिनालाई रेमिट्यान्समा अनुवाद गर्नुभनन्दा आफैले हिडेको बाटोमा र आफ्नै माटोमा श्रम रोप्नुपर्छ भन्दै दुई दर्जन युवालाई स्वदेशमै रोजगारी दिएर उद्यमशीलताको उदाहरण बनेका सोभित बस्याल विज्ञापन जगतमा मार्केटिङ गर्नै नपर्ने तन्नेरी उद्यमी हुन् । ...

छविको अनुमती बिना शिल्पाले चलचित्र खेल्न सक्दैनन !

​​काठमाडौं । फिल्म ‘लज्जा’बाट भित्रिएकी अभिनेत्री हुन् शिल्पा पोखरेल । त्यसभन्दा अगाडि उनले २ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । छविराज प्रोडक्शनको ब्यानरमा उनको डेब्यू फिल्म निर्माण भएको थियो । यसपछि उनले यो ब्यानर छाडेकी छैनन् । किस्मत २, हवल्दार सुन्तलीु, मंगलम जस्ता फिल्ममा उनले अभिनय गरिसकेकी छिन् । एकसमय यो ब्यानरकी रेखा थापा भरपर्दी अभिनेत्री थिइन् ।...

बलिउड फिल्ममा पनि अनमोलको ईन्ट्री, पहिलो बलिउड फिल्म ७४ देशमा प्रदर्शन हुने

​​काठमाडौ । नेपाली फिल्मका सुपरस्टार अनमोल केसीले आफ्नो बलिउड यात्रा आरम्भ गरेका छन् । अचेल आफू अभिनीत छैठौँ फिल्म क्याप्टेनको छायांकनमा व्यस्त उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी वल्डवाईड रिकाड्र्स प्रा.लीले निर्माण गर्न लागेको एक हिन्दी फिल्म साइन गरेका छन् । भारतको हमारा महानगर पत्रिकाले नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त...

गायक शिव परियार दुर्घटनामा घाइते

​​काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।   उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो । बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।   उनको मोटरसाइलको पछाडी अर्का गायक...

झरनाले छोरीलाई अनमोलसँग बाँधिदिइन् जोडी, ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदै

​​काठमाडौं । झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’बाट आफ्नै छोरी सुहाना थापालाई डेब्यू गराउने भएकी छिन् । फिल्ममा उनले आफ्नी छोरीको जोडी अहिलेका स्टार अभिनेता अनमोल केसीसँग जुराएकी छन्। सुहानी र अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका हुन् । हाल अनमोल आफ्ना बाबु भुवन केसीले निर्माण गरिरहेको ‘क्यापटेन’ फिल्मको छायाँकनमा व्यस्त रहेका छन्। उनले...

सिफारिस